पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला



काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद महताभ आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दामा प्रतिवादीमध्येका मुक्ति साहले सफाइ पाएका छन् ।
२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको साबिक राजपुर फरहदवा–४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो ।

उक्त विस्फोटमा परी स्थानीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए । विस्फोटको घटना र त्यसपछिका प्रमाण नष्ट गर्न सिंह र मियाँलाई इँटाभट्टामा जलाएर मारेको अभियोग नेता आलम, उनका भाइ महताब आलम र शेख सराजसहित ११ जनामाथि थियो ।

कांग्रेस नेता आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए भने सोही वर्ष कात्तिक १८ गते उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो । पक्राउ परेको डेढ सातापछि जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनी हाल नख्खु कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन

डडेल्धुरामा टिपर दुर्घटना हुँदा धादिङका दुई जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा गएराति टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

वनमा डढेलो लगाएको आरोपमा काभ्रेमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ