चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान



बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीले शुक्रबार पुनलाई चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष ओमप्रकाश गुरुङ लगायतका ६ जना सहित पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले धरौटीमा छोड्ने आदेश दिएको थियो । पुनसहित धरौटीमा छोड्न आदेश दिएका नविन अछामी पनि धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्। अछामीसँग १० लाख धरौटी माग गरिएको थियो।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले पुन र अछामीले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको जानकारी दिए। धरौटी जम्मा गरेपछि भने उनीहरु रिहा हुने छन् । धरौटीमा छोड्न आदेश गरिएका दुर्गा चापागाईं पाण्डेय, नीता थापामगर, दीपक गुरुङ र रोशनी गुरुङ भने धरौटी रकम बुझाएर छुटेका छन् ।

दुर्गा चापागाई पाण्डेयसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २/२ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । बचतकर्ताहरुको ९६ करोड बढि रकम ठगि प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउने आदेश भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सर्वोच्चले विवादित अडियो उपलब्ध गराउने तिमिल्सिनालाई बयानमा बोलायो

काठमाडौँ : सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएका