काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि खानलाई सिफारिस गरेको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित मञ्जुको निधन भएपछि एक पद रिक्त थियो । शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि उपचारको क्रममा चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिसमा परेकी हुन् ।

प्रतिक्रिया