रोबोटिक वारमा नेपालले स्वर्ण जित्यो



 

काठमाडौं ।  विश्वकर्मा ब्याटल अफ टाइटन्स नामक अन्तर्राष्ट्रियस्तरको रोबोटिक वारमा नेपाली टोलीले स्वर्णपदक जितेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा नेपालको टोलीले भारतको इनभेन्सियल टिमलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

उपाधिसहित नेपालले  तीन लाख ५० हजार प्राप्त गर्यो । त्यसैगरी, दोस्रो स्थानमा चित्त बुझाएको भारतको इनभेन्सियल टिमले एक लाख ५० हजार प्राप्त गर्यो ।

विजेता टोलीलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पुरस्कार प्रदान गरे । मन्त्री साउदले अबको युग रोबर्टको युग रहेको चर्चा गरे ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सङ्घले एतिहासिक प्रतियोगिताको आयोजना गरेको बताए । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा भएको  प्रतियोगितामा यही माघ १३ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका १४  वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ठ प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैँले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एकापसमा भिडाइ उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा

काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड काठमाडौं आएका छन् । प्रधानन्यायाधीश

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौँ आउने

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आइतबार नेपालको औपचारिक भ्रमणमा आउने भएकी छन्

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एकसय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको