त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान



काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग गरेको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्यता पुगेका उम्मेदवारहरूबाट दश दिनभित्र आवेदन माग गरेको हो ।

राजनीतिक भागबण्डा गरेर विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा रहेको सिफारिस समितिले आवेदन मागेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठन सिफारिस समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० का आधारमा उम्मेदवार छनोट तथा सिफारिस गर्नेछ ।

समितिले आवेदन दिने उम्मेदवारहरूबाट तीन हजार शब्दको विश्वविद्यालय सम्बन्धी सोचपत्र र पाँच हजार शब्दको चार वर्षे व्यवसायिक कार्ययोजनासमेत माग गरेको छ । तत्कालिन उपकुलपतिको कार्यकाल सकिएपछि गएको १७ कात्तिकदेखि त्रिभुवन विश्वविद्यालय निमित्तको भरमा सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

  लुम्बिनी (मर्चवार) । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन

सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले गत

वित्तीय स्रोतसमेत घटेपछि प्रदेश र स्थानीय तह घाटामा

काठमाडौँ । विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन

जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको