नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्रीः सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने महशुस गरेको छु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड सिंहदरबारको पश्चिमतर्फको २०७२ मा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर बनाइएको कार्यालयमा सरेका हुन् ।

नयाँ कार्यालयमा सरेपछि प्रधानमन्त्री प्रचण्डले ठाउँमात्र सारिएको नभएर कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प त्यसभित्र रहेको महशुस गरेको बताए ।

उनले भने, ‘आज हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौं । यो खाली ठाउँ मात्र सारिएको होइन । कामको प्रकृति र गुण पनि नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको मैले महशुस गरेको छु । १२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको तस्तै राखेर पुनर्निमाण भएको छ । भूकम्पबाट क्षति भएको यस भवनको रेट्रोफिटिङको काम पनि पुरा भएको छ । हामी पछाडिबाट अगाडि आएका हौं । मलाई अहिले भैरहेको ठाउँमा बस्दा अलि गुम्म लाग्नुका साथै त्यति ताजकी महशुस नभए जस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा चैं अलिकति सबैतिर हेर्न पाइने भएको छ । बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महशुस गरेको छु ।’

प्रधानमन्त्रीले यो प्रक्रियामा सहयोग गर्ने सहरी विकास मन्त्रालय र पुनर्निर्माणमा सहयोग गर्ने सम्पूर्ण टोलीलाई धन्यवाद दिँदै भने, ‘नयाँ शुभारम्भ भएको छ । र, नयाँ शुभारम्भले नयाँ गति पक्डिने छ र हामी सबैको एकता अझ बलियो हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’ २०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,