बागमती र चीनको जियाङ्सी तथा पोखरा र ग्यान्झोनबीच भगिनी सम्बन्ध स्थापना



काठमाडौं । बागमती प्रदेश र चीनको जियाङ्सी प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेल र चिनियाँ कम्युनिष्ट पार्टी जियाङ्सीका वु जोङजिओनले काठमाडौंमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै पोखरा महानगरपालिका र जियाङ्सीकै एक मुख्य शहर ग्यान्झोनबीच आधुनिक कृषि र पर्यटन विकासबारे छुट्टै आसय(सहमति)पत्रमा हस्ताक्षर भएको छ ।

चीनकै असाध्यै विकट तर तीव्र विकास र सम्पन्नता हासिल गरेको जियाङ्सी प्रान्त र बागमती प्रदेशबीचको यो सम्बन्धले बागमती प्रदेशको विकास एवम् समुन्नतिमा महत्वपूर्ण अर्थ राख्ने चर्चा सो सन्दर्भमा गरिएको थियो ।

कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चन सङसमेतले नेपाल र चीनबीचको राज्य तथा जनतास्तरीय ऐतिहासिक सम्बन्धको महत्वबारे बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,