आरती साह मृत्यु प्रकरणमा धनुषाका प्रहरी प्रमुख तानिए हेडक्वार्टर



काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई सोमबार जिम्मेवारीबाट हटाएको हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठका सञ्चार सल्लाहकार कमल गिरीले एसपी खड्कालाई धनुषाबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पठाइएको जानकारी दिए । एसपी खड्कालाई जिम्मेवारीबाट हटाउनुमा आरती साहको मृत्यु घटना जोडिएको छ ।

लामो समयदेखि माइतीघरमा आन्दोलनरत साहका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकारसँग वार्ता गर्ने अडान लिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

सोमबार मात्रै गृहमन्त्री श्रेष्ठले साहको परिवारलाई वार्तामा आउन आग्रह गरेका थिए । गत जेठ ७ गते साह आफ्नै घरमा मृत भेटिएकी थिइन्। त्यस प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवानाको फैसला

काठमाडौं । सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

कोठाभाडा तिर्न नसक्दा आत्महत्या गर्न पुगेको नगरकोटी परिवार

  काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण

सगरमाथामा विश्व कीर्तिमान बनाउने प्रतिस्पर्धा

  सिबी अधिकारी, काठमाडौँ ।  सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी