प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगी पुरस्कृत



 

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ६८औँ प्रहरी दिवस २०८० का अवसरमा सोमबार विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, प्रहरीलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई पुरस्कृत गरेका छन् ।

नेपाल प्रहरी अन्तरप्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरीतर्फ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुवराज राउत, प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मालाई उनले पुरस्कार प्रदान गरे ।

यस्तै उनले प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीका प्रहरी नायब उपरीक्षक दानबहादुर थापा र प्रहरी चौकी श्रीअन्तु इलामका प्रहरी वरिष्ठ नायब निरीक्षक किरण प्रसाईंलाई पनि पुरस्कार प्रदान गरेका थिए ।

महानिरीक्षक कुँवरले महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीलाई प्रोत्साहन तथा उच्च मनोबल प्रदान गर्नका लागि यसै वर्षदेखि यूनिसेफ नेपालको सहकार्यकमा सञ्चालित विभिन्न कार्यक्रमअन्तर्गत सर्वप्रथम हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक समीक्षा खत्री, द्वितीय हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी हवल्दार देवी पाण्डे, तृतीय हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निरला भण्डारी तथा सान्त्वना पुरस्कारतर्फ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्मा र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक हवल्दार वीरेन्द्र विकलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीसम्बन्धी उत्कृष्ट लेख रचनातर्फ डा छायादत्त न्यौपाने ‘बगर’ र प्रहरी निरीक्षक जनार्दन घिमिरेलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्याउने अवकाश प्राप्त प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा, अवकाश प्राप्त प्रहरी निरीक्षक श्याने राना र विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको समयमा र डेङ्गुु नियन्त्रणको लागि नेपाल प्रहरीलाई स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराई सहयोग गर्ने समाजसेवी रमेश केसीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनले प्रचलित कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै कर्तव्यपालनाको क्रममा सम्पूर्ण प्रहरी कर्मचारीहरू त्यसतर्फ सचेत रहनुपर्ने बताए ।

प्रहरी सङ्गठनबाट प्रदान गरिने सेवा जनमुखी, पारदर्शी, स्वच्छ, छिटो छरितो, प्रभावकारी र नागरिक एवं सेवाग्राही स्वीकार्य ढङ्गबाट उपलब्ध गराउन सकेमा मात्र प्रहरीप्रतिको जनविश्वासमा अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए । दिवसका अवसरमा प्रहरीले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु

सशस्त्र प्रहरीको प्रवक्तामा न्यौपाने

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)

चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी

  ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको

काठमाडौँ–तराइ द्रुतमार्गअन्तर्गत एक हजार ६ सय ३३ मिटरको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

  काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको