घर बहालबाटै दुई महिनामा महानगरले उठायो ५२ करोड राजश्व



काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आर्थिक वर्षका लागि महानगरले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको महानगरको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

गत आर्थिक वर्षको सोही अवधिलाई तुलना गर्दा चालु आर्थिक वर्षको साउन र भदौमा २४ करोड भन्दाबढी राजस्व असुल भएको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए ।

त्यसैगरी सम्पत्ति करबाट २५ करोड असुल भएको छ । पछिल्लो समय महानगरमा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको प्रमुख काफ्लेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला

  चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी छ : मन्त्री भण्डारी

  काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र

गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट दायर, विश्वासको मत असंवैधानिक भएको जिकिर

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक

स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीले पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्गको बेहाल

गण्डकी । पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको