चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा



काठमाडौं । सरकारले दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित आइतबारदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशभरका चाडपर्व लक्षित सहुलियत पसलको औपचारिक उद्घाटन गरेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वागमती प्रदेशिक कार्यालय थापाथलीबाट मन्त्री रिजालले सहुलियत पसलको उद्घाटन गरे । सरकारले हरेक वर्ष देशभरका विभिन्न क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत पसलहरु सञ्चालन गर्छ ।

जसअनुसार यो वर्ष पनि सरकारले उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यका र बाहिर गरी ४९ बिक्री स्थल राखेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मुलुक भरका ४३ जिल्लाका ४९ स्थानहरुबाट आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको बताए ।

उनले सहुलियत पसलमा खाद्य वस्तुहरुका चामलमा प्रतिकेजी सात र खाने तेल लगायतका वस्तुहरुमा पनि सात रुपियाँ छुट दिएको बताए । उनले कर्णालीका उत्पादन गेडागुडी, खसी बोका र भेडा च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँका दरले छुट दिएको जानकारी दिए ।

उनले लोककल्याणकारी राज्य होस् भनेर सरकारले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको १० वर्ष भएको बताए । उनले सरकारले खाद्य वस्तुहरुको उपलब्धता सहज रुपमा बनाएको बताए । उनले घुम्ती पसल पनि सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

काठमाडौं उत्यका भन्दा बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगर खाद्य व्यवस्थाले सहुलियत पसल राखेको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपियाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ । सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सर्वोच्चले विवादित अडियो उपलब्ध गराउने तिमिल्सिनालाई बयानमा बोलायो

काठमाडौँ : सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएका