रास्वपाद्वारा उर्जा क्षेत्रको विस्तृत अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका साथ तीन सदस्य कार्यदल गठन गरेको छ ।

शुक्रबार बसेको रास्वपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उर्जा तथा भूमिगत संरचना विज्ञ श्रीराम न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।  कार्यदलको सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की, र उर्जाविज्ञ डा. सरोज अधिकारी छन् ।

वरिष्ठ इन्जिनियर न्यौपाने हाल मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रालिको कार्यकारी अध्यक्ष एवं नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको सवकनबाट आयोजना निर्देशक हुन् । उनी जलविद्यूत उत्पादन शुरु भइसकेका मिस्त्रिखोला (४२मेगावाट) र तादीखोला (५ मेगावाट ) जलविद्युत आयोजनाका संस्थापक हुन् । त्यस्तै निर्माणको चरणमा रहेको ४३ मेगावाटको अप्पर मादीखोला जलविद्युत आयोजनामा सर्वेक्षण अनुमतिपत्र लिने चरणदेखि आवद्ध छन् ।

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ स्थित भानु नगरपालिका वडा नम्बर ५ ओकलाङमा वि सं २०२६ मा जन्मिएका इन्जिनियर न्यौपाने पछिल्लो समय सुरुङ निर्माण, उर्जा क्षेत्रको विकास र तनहुँ १ को सामाजिक सेवाका गतिविधिहरुमा सक्रिय छन् । न्यौपानेसँग एक वर्षको जिल्ला खानेपानी कार्यालय तनहुँमा सरकारी इन्जिनियरका रुपमा कार्य गरेको अनुभव छ।

सरकारी इन्जिनियरबाट राजीनामा दिएर निजी क्षेत्रबाट शिक्षण क्षेत्रमा प्रवेश गरेका इन्जिनियर न्यौपानेसँग थप १३ वर्षको लामो इन्जिनियरिङ शिक्षा क्षेत्रमा अध्यापन र कलेज सञ्चालनको व्यवस्थापकीय भूमिकाको समेत राम्रो अनुभव छ । इन्जिनियरिङ शिक्षण संस्थाको अध्यापन एवं व्यवस्थापकीय भूमिकामा रहँदा करीव ५ हजार नेपाली इन्जिनियर उत्पादन गर्न गराउन उनको अनुकरणीय योगदान छ ।

शिक्षण पेशाबाट स्वीच गरेर इन्जिनियरिङ व्यवसायिक क्षेत्रमा प्रवेश गर्नुपुर्व करीव दुई वर्ष उनी वेलायत रहँदा नेपाली परम्परागत सुख्खा खाद्यान्नलाई नेपालमै प्रसोधन एवं आधुनिक ढंगले प्याकेजिङ गरेर नेपालबाट पहिलोपटक वेलायत र युरोपका विभिन्न देशहरुमा निर्यात गर्ने र वितरण गर्ने क्रममा सन २०१० मा वेलायत भित्रका लगभग २०० नेपाली व्यापार–व्यवसायहरुमध्ये व्रिटेन–नेपाल च्याम्बर्सबाट उत्कृष्ट व्यवसायिक अवार्ड प्राप्त गर्न सफल भएको थियो ।

त्यस्तै इन्जिनियर देवेन्द्र काकीको उर्जा तथा भौतिक पूर्वाधार क्षेत्रमा ३० वर्षको कार्य–अनुभव छ । अनुभवका दौरान विस २०५३ मा खानेपानी तथा ढल निकास विभागमा इन्जिनियरको भूमिकाबाट सरकारी सेवामा प्रवेश गरेका उनी वि सं २०६० देखि २०६५ सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिनियर डिभिजनल इन्जिनियर, सुपरिन्टेन्डिङ्ग इन्जिनियर (सहसचिव) र सडक विभागको महानिर्देशक समेत थिए ।

वि सं २०७४ जेठ देखि २०७९ जेठ सम्म ५ वर्ष नेपाल सरकारको सचिवको भूमिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल तथा ऊर्जाशक्ति आयोग, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको कार्यानुभव उनीसँग छ । तामाकोशी गाउँपालिका –२, दोलखामा विसं २०२२ सालमा जन्मिएका कार्कीले स्तनाकोत्तर (एम. एस्सी. (अनर्स), सिभिल इन्जिनियरिङ्ग), मस्को सिभिल इन्जिनियरिङ्ग इन्ष्टिच्युट, रसियाबाट २०५० मा.एमएस्सी (अनर्स) M.Sc. (Honors) in Civil Engineering  स्नातकोत्तर (एम. ए., ग्रामीण विकास), त्रिभुवन विश्वविद्यालयबाटM. A., Rural Development मा Distinction सहित शैक्षिक योग्यता हासिल गरेका छन् ।

त्यस्तै इन्जिनियर डा. सरोज अधिकारीको ऊर्जा, जलस्रोत तथा इन्जिनियरिङ्ग क्षेत्रमा २५ वर्षभन्दा बढीको कार्य–अनुभव छ । यस दौरान  अधिकारीले नेपाल सरकारको राष्ट्रिय गौरवका १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना, ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना तथा निजीक्षेत्रबाट प्रवद्र्धित जलविद्युत आयोजनाहरु, सौर्य ऊर्जा , वायु ऊर्जा लगायत अन्य हरित ऊर्जा परियोजनाहरुमा समेत विभिन्न/महत्वपूर्ण जिम्मेवारी/भूमिकामा रही कार्यसम्पादन गरेको अनुभव छ ।

अधिकारीको ऊर्जा परियोजनाको विकास सम्बन्धमा field लेभलदेखि व्यवस्थापन हुँदै योजना, निति, नियम तर्जुमा लेभलसम्म काम गरेको अनुभव छ । यसका साथै अधिकारीको विश्व बैंक, एशियाली विकास बैंक जस्ता दातृ निकायहरु तथा Snowy Mountain Engineering Corporation, Norconsult, GDF Suez, Essar Power, Cardinia Engineering, CMEC  लगायत अन्य अन्तर्राष्ट्रिय कम्पनीहरुसँग समेत काम गरेको अनुभव छ ।

हाल अधिकारी नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहतको सिम्बुवा रेमिट हाइड्रोपावरमा ऊर्जा विज्ञ सञ्चालक (Board of Director)  को रुपमा र जल तथा ऊर्जा आयोग (WECS) बाट भाइरहेको नदी बेसिन योजना तथा जलविद्युत परियोजना तर्जुमा एवं रणनैतिक वातावरण तथा समाजिक मुल्याँकन अध्ययनको Review Committee Member  को भूमिकामा समेत हुन् । अधिकारीले फिलिपिन्सबाट Civil Engineering tyf Environmental Engineering Degree हासिल गर्नुका साथ २७ वर्षकै उमेरमा सन् २००५ मा अष्ट्रेलियाको Royal Melbourne Institute of Technology University  बाट ऊर्जा/जलविद्युत तथा वातावरणीय प्रभाव मूल्याँकन (EIA)  विषयमा विद्यावारिधि (Ph.D.) गरेका छन् । अधिकारी नेपाल भूषण लगायत अन्य विभिन्न विभूषणहरुबाट समेत सम्मानित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

  काठमाडौँ ।   मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ