महिला कर्मचारीमाथि यौन हिंसा गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा



काठमाडौं । महिला कर्मचारीमाथि यौन हिंसाको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयले अनुसन्धान सकेर कारबाही प्रक्रिया अगाडि बढाएपछि पालले राजीनामा दिएका हुन् । पालले एकजना महिला प्रहरीमाथि यौन हिंसा गरेको घटना बाहिरिएको थियो।

उक्त प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति गठन गरिएको थियो । समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेको थियो। समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले पाललाई स्पष्टीकरण सोधेको थियो ।

आफू बर्खास्त समेत हुनसक्ने देखिएपछि पालले राजीनामा दिएका हुन्। प्रहरी प्रवक्ता, डीआईजी कुवेर कडायतले पालले राजीनामा दिएको जानकारी दिएका छन् । सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला प्रहरीलाई ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं।’ भनेका थिए । त्यसपछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना बाहिर आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ललितपुरको आनन्द वनमा भीषण डढेलो, एक जनाको मृत्यु(भिडियोसहित)

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको

काठमाडौँमा वायु प्रदूषणको स्तर उच्च, बाहिर निस्कदा मास्क लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह

सामाजिक संजालमार्फत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने टीका बनिन् कृषिमन्त्री

सुदूरपश्चिम । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । भूमि