बढ्यो सार्वजनिक यातायातको भाडा



काठमाडौं । सरकारले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको छ । नेपाल आयाल निगमले इन्धनको मूल्य बढाएपछि यातायात भाडा पनि बढेको हो ।

यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुनेगरी भाडा बढाएको सूना जारी गरेको छ । विभागले अहिले बढाएको भाडा अन्तरप्रदेशमा मात्र लागू हुनेछ ।

एक प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी तथा मालबाहक गाडीमा नयाँ भाडा बुधबारदेखि लागू भइसकेको छ । विभागले यात्रुबाहक सवारी साधानमा ४.७० प्रतिशतले भाडा बढाउँदा मालबाहक तराईमा ६.८३ र पहाडमा ६.१५ प्रतिशतले भाडा बढाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढाएको थियो । इन्धनको मूल्य बढेपछि स्वचालित भाडा दर कायम गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति

डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा लगायत माग राखेर अनसन सुरु गरेका

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले उकालो