अर्थमन्त्रीको जवाफपछि ओलीले भने-शंकाको सुविधा दिन सकिन्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले दिएको जवाफमा शंकाको सुविधा दिन सकिने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले करका दरमा भने प्रश्न रहेको तर अर्थमन्त्रीलाई शंकाको सुविधा दिन सकिने बताएका हुन् ।

उनले भने, ‘अर्थमन्त्रीज्यूलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ । धन्न अर्थमन्त्रीले जवाफ दिनेक्रममा कसम खानु भएन । कसम खानेहरु बडा खतरनाक हुन्छन् ।’

उनले एक हजार गाडी एक दिनअघि भित्रिएको भन्दै त्यसले शंका जन्माएको बताए । उनले धान, गहुँ र मकै बढाउने कुरामा चासो नभएको तर गाँजामा चासो राखिएको भन्दै आपत्ति जनाए ।

उनले भने,’कसका लागि गाँजा खेती। कसले गर्न खोजेको छ गाँजा खेती । यो नियन्त्रित र नियोजित हो। लाइसेन्स लिएर गरेको रहेछ भनेमात्रै हो नभए झ्यालखाना जान्छ ।’गाँजा खेती र व्यापार गर्नेहरु कोही पनि अहिले नदेखिएको बताउँदै पहिले अन्नमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनाका ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी संरक्षणको पर्खाइमा

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र

चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो…

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ