पर्यटक आगमनमा उल्लेख्य वृद्धि



काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा पेश गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार प्रर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर समग्र पर्यटन विकासका लागि पर्यटन दशक कार्यान्वयनमा रहेको छ ।

नेपालको ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने लक्ष्य लिएको छ ।

कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिर्दै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रम : दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ ।

पर्यटकबाट ४६ अर्ब ७६ करोड आम्दानी

सन् २०२२ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट सङ्कलन भएको विदेशी मुद्रा १९०.० प्रतिशतले बढेर कूल ४६ अर्ब ७६ करोड पुगेको छ ।

पर्वतारोहण दलको सङ्ख्या सन् २०२२ को अन्त्यसम्म एक हजार नौ सय ५२ पुगेको छ । हिमाल पर्वतारोहीको सङ्ख्या सन् २०२० मा चार सय ४७ र सन् २०२१ मा तीन हजार चार सय ४६ रहेकोमा सन् २०२२ मा आठ हजार चार सय ६८ पुगेको हो ।

पर्वतारोहीको सङ्ख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी वृद्धि भएको छ । रोयल्टी सन् २०२२१ मा ६३ करोड ५२ लाख ४९ हजार सङ्कलन भएकोमा सन् २०२२ मा ७० करोड ३४ लाख ३० हजार पुगेको छ । चालु आवको फागुनसम्म सबै प्रकारका होटल शय्याको सङ्ख्या ३७ हजार ३० पुगेको छ । असारसम्म २४ क्यासिनो सञ्चालनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात दिनभित्र रमाना लिएर सरकारले खटाएको ठाउँमा हाजिर हुन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनभित्र रमाना लिएर सरकारले

धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले पाए अनुमति

  म्याग्दी ।  शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति

२३ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय रुपैयाँ

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण  २३ खर्ब नौ अर्ब ८६ करोड ९६

‘रावायण’ फिल्म विवादमा अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ‘रावायण’ नामक चलचित्रमा भएको