‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको तयारी



काठमाडौं । यही शैक्षिकसत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन् । नियमित समयमै विद्यालय जान्छन् तर अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन् । कक्षा सञ्चालन सुरु भएसँगै प्रत्येक सामुदायिक विद्यालयले कार्यक्रम लागू गर्ने महानगरको भनाइ छ । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ ।

महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार कार्यक्रम सञ्चालनका लागि महानगरले प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको छ । यसअघि केही विद्यालयले शुक्रबार १ बजे पछि मात्रै केही अतिरिक्त क्रियाकलाप गर्ने गरेका थिए । यसलाई पूरा दिन र सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको हो । विद्यार्थी भाइबहिनीका लागि जीवनोपयोगी, जिन्दगी पढ्ने शिक्षा दिन खोजिएको महानगरले बताएको छ ।

अब हरेक शुक्रबार १० देखि ४ बजेसम्म नै अतिरिक्त कार्यक्रम सञ्चालन हुन्छ । सुरुवाती चरणमा सामुदायिक विद्यालयमा मात्रै कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने महानगरको तयारी छ । कार्यक्रम सञ्चालन गर्न महानगरले प्रत्येक माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँका दरले बजेट वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

२५ करोडको लागतमा कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा  २५ करोडको लागतमा मोटरेबल पक्की

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईंकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठा

संसदीय समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको ठगी प्रकरण छानबिन गर्न गठित संसदीय समितिको कार्यक्षेत्र टुंग्याउन कार्यदलको