राष्ट्रपतिबाट एनआरएनएका अध्यक्ष आचार्यलाई सुप्रबल जनसेवाश्री पदक प्रदान



काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष आचार्यलाई पदक प्रदान गरेका हुन् ।

पदक प्राप्त गरेपछि आचार्यले यसलाई आफूे व्यक्तिगत भन्दा पनि सम्पूर्ण गैरआवासीय नेपाली समुदायको सम्मानको रुपमा लिएको बताएका छन् । उनले भनेका छन्, ‘यो सम्मानका लागि सम्माननीय राष्ट्रपतिज्यू तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै, आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक मातृभूमिको सेवामा खटी रहने प्रतिबद्धता पनि जाहेर गर्दछु।’

गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष आचार्य सामाजिक अभियन्ता पनि हुन् । गैरआवासीय नेपालीको नागरिक तथा अधिकारका सवालमा अन्तर्राष्ट्रिय मञ्चहरुमा सशक्त ढंगले आवाज उठाउने प्रखरवक्ताको रुपमा उनी परिचित छन् ।

संसारका ८० भन्दा बढी मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको अन्तर्राष्ट्रिय संजाल हो । उनी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गराउने मिशनमा खटिरहेका छन् । सानैदेखि सामाजिक काममा रुचि राख्ने आचार्यले आफू जन्मेको पर्वत, धाइरिङ्गमा आफ्नै स्वर्गीय पिताको नाममा एउटा विद्यालय स्थापना गरेका छन्। यस बाहेक बेलायत र नेपालमा थुप्रै संघसंस्था, बाल गृह तथा वृद्धाश्रमहरुलाइ उनले सहयोग प्रदान गर्दै आएका छन्।

एनआरएनए युकेको अध्यक्ष हुँदा उनले नेप्लिज नर्सिङ्ग एसोसियसनसंग मिलेर जुम्लामा एउटा बर्थिङ सेन्टर स्थापना गरेका थिए। उक्त बर्थिङ सेन्टरले प्रसुति सेवा प्रदान गरेर कैयौं शिशु तथा महिलाहरुको ज्यान बचाइरहेको छ। त्यस्तै उनले नवलपरासी जिल्लाको सुस्तामा रहेका विद्यालयलाइ पनि आर्थिक सहयोग गरेका थिए ।

सामाजिक काम बाहेक नेपालमा लगानी आकर्षित गरी रोजगारी अभिवृद्धि गर्न पनि उनले काम गरिरहेका छन्। नेपालमा बैंकिंग, जलविद्युत लगायतका क्षेत्रमा लगानी गरेका आचार्य गैरआवासीय नेपालीहरुले स्थापना गरेको ‘एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी’ को संचालक समिति सदस्य पनि हुन् ।

एनआरएनएको युरोप क्षेत्रीय संयोजक, उपाध्यक्ष तथा सल्लाहकारको रुपमा काम गरिसकेका आचार्यले प्रवासमा नेपाली भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्न एवं दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालसँग जोड्न अभियान नै चलाएका थिए।

सन् २०१५ मा नेपालमा महाभूकम्प गएको बेला युरोपभरि रहेका गैरआवासीय नेपाली तथा अन्य संघ संस्थाहरुबाट करोडौं रुपियाँ बराबरको सहयोग नेपाल पठाउन उनी सफल भएका थिए। त्यस्तै कोभिड १९ महामारीको बेला स्वास्थ्य सहयोग जुटाउनुका साथै विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता गराउन पनि उनले रात दिन काम गरेका थिए। उनले संघको उपाध्यक्ष रहँदा काठमाडौंको बागमती नदी किनारमा शंखमुल पार्क निर्माण कार्यको संयोजन गरेका थिए।

२०२९ सालमा जन्मिएका आचार्य बेलायतमा एक सफल उद्यमीका रुपमा सुपरिचित छन्। उनको ‘होली काउ ब्रान्डमा संचालित व्यवसायले कैयौं नेपाली तथा अन्य मुलुकका व्यक्तिहरुलाई रोजगारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ हजार ६ सय मतले सुहाङको अग्रता, मिलन लिम्बूको तीन हजार ६ सय

  फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

  सल्लेरी (सोलुुखुम्बु) ।  सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ

नेम्वाङले १६ हजार नौ सय ४४ मत प्राप्त गर्दा कांग्रेसका खड्काको ११ हजार दुई सय ७३ मत

  फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल

दुर्गा प्रसाईंंको हतियार इजाजत दिन नमिल्ने र देशभर लैजान पाउने गरी इजाजत नदिइएको छानबिन समितिको निष्कर्ष

  काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन