लिटरमै १० रुपैयाँ घट्यो इन्धनको मूल्य



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अप्रिल १ मा नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो । आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

ठमेलमा खाना तथा हस्तकला मेला आयोजना

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय