अर्थतन्त्र सुधारको प्रयासदेखि सार्वजनिक सेवा चुस्तसम्म सरकारका सय दिनका उपलब्धि(पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक भएको छ । ३७ बुँदामा समेटिएको उक्त ‘उपलब्धि’मा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।

खेलाडीलाई प्रोत्साहन र पुरस्कृत गरिने कार्यलाई सरकारले उपलब्धिका रुपमा लिएको छ । शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी काम गरेको जनाएको छ । त्यस्तै अर्थतन्त्र सुधारका लागि प्रयत्न भएको सरकारले जनाएको छ ।

३७ बुँदे उपलब्धिमा भनिएको छ, ‘शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी काम गरेको छ । यस क्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गरिएको छ ।’

त्यस्तै अर्थतन्त्र सुधारका लागि प्रयत्न भएको पनि जनाइएको छ । ‘अर्थतन्त्र सुधारको प्रयास अन्तर्गत विभिन्न पहल लिइएको छ। विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको छ,’सार्वजनिक भएको सरकारको उपलब्धिमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा