चितवन-२ मा मेरा प्रतिस्पर्धी नै छैनन्ः श्रेष्ठ



चितवन । चितवन नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले यो क्षेत्रमा आफ्नो प्रतिस्पर्धी कोही नभएको बताएका छन् । सोमबार उम्मेदवारी दर्ताअघि भरतपुरको चौबीसकोठी चोकमा कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले आफू नेता बन्न नआएको बरु सेवक भएर काम गर्न आएकाले आफ्नो जित सुनिश्चित भएको दावी गरे ।

उनले भने, ‘परिस्थितिले मलाई उम्मेदवार बानायो । यो निर्वाचन कांग्रेस र गठबन्ध जोगाउनका लागि हुँदैछ । पार्टीको इमान्दार कार्यकर्ता भएकाले यो निर्वाचन मेरो पक्षमा छ । २ नम्बर क्षेत्रमा मेरो कुनै प्रतिस्पर्धी देखेको छैन ।’

उनले क्षेत्र नम्बर २ का जनता मात्र नभएर चितवनका नागरिकले आफूलाई राम्रोसँग चिनेको भन्दै नेता बन्न नभई जनताको जनताको सेवक भएर काम गर्न आएको बताए । उनले केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजेको आरोप पनि लगाए । ‘केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजे । त्यो कदापि स्वीकार्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको