रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

यसअघि लामिछानको नागरिकता प्रकरणमा सर्वोच्चमा रिट हालेका युवराज सफल राहदानी प्रकरणको रिट लिएर सर्वोच्च पुगेका हुन् । रिट सर्वाेच्च पुगे पनि दर्ता भने भइसकेको छैन । रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आदेश जारी गरी पाऊँ भनि माग गरिएको छ। उनीविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।

चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिएकै दिन महान्यायधिवक्ता दिनमणि पोखरेलले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए ।

त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालउ पाटनले लामिछानेमाथि मुद्दा चलाउनुनपर्ने प्रतिवेदन दिएका थिए ।

अमेरिकी नागरिकता हुँदाहुँदै लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र उपयोग गरी नेपाली नागरिकता लिएको विषयमा छानबिन गरी कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो । नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर हुँदै पद गुमाउन बाध्य भएका थिए । नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उनले नेपाली राहदानी राहदानी विभाग पुगेर फिर्ता गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा