मिटरब्याज पीडितको आन्दोलन फिर्ता, सरकारसँग पाँच बुँदे सहमति



काठमाडौं । सरकारी वार्ता टोली र मिटरब्याजविरुद्धको संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । शनिबार सरकार र समितिबीच पाँच बुँदे सहमति भएको हो ।

सहमतिसँगै समितिले संघर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सहमतिअनुसार सरकारले मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सहजीकरण गर्ने, समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्नेलगायतका विषयमा सहमति भएको छ ।

महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौं आएका उनीहरुले काठमाडौंमा आन्दोलन सुरु गरेका थिए । उनीहरुले शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीले उच्चस्तरीय आयोग गठन गरी यसको दीर्घकालीन समाधान गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्षी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको