रसुवागढी नाका तीन वर्षपछि मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा



काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका तीनवर्षपछि दुईतर्फी सञ्चालनमा आएको हो ।

कोभिडका कारण २०७६ चैत ११ गतेदेखि पूर्णरुपमा संचालनमा आएको थिएन । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। शनिबार रसुवा पुल पार गरेर चीन प्रवेश गरेका पहिलो नेपाली समूहलाई चिनियाँ पक्षले स्वागत गरेको छ ।

नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। श्निबार २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ ।

केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ। नाका खुलेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले भनेको छ , ‘रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको छ । रसुवा पुल पार गरेर चीन प्रवेश गरेका पहिलो नेपाली समूहलाई हार्दिक स्वागत गरेको छ ! यसले द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने हामी विश्वास लिएका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीबी राई मलेसियामा रहेको पत्तालागेको छः गृहमन्त्री लामिछाने

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी

राजधानीमा ब्लुबुक कीर्ते गर्ने गिरोह सक्रिय, चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही

शिक्षामन्त्रीको पहलले रोकिँदै शिक्षक सरुवाको बेथिति

प्रकाश सिलवाल, काठमाडौं ।  ‘विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली

कालीगण्डकी करिडोरको निर्माणाधीन लमाए खोलाको पुल बाढीले बगायो

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल