राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको दर्शन



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असनमा बुधबार राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन् ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालको नक्सा जारी गर्न सक्नुपर्छः गगन थापा

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ’ग्रेटर नेपाल’ जारी गरी

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु

काठमाडौं । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य

साधारण खर्च घटाउन अर्थमन्त्रीले गरेको प्रयास सकारात्मक : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटले संयुक्त सरकारमा सहभागी राजनीतिक दलका

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको चासो

पाँचथर । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो