प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवा जेल चलान, धरौटी बुझाउन अस्वीकार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवा जेल चलान भएका छन् ।

अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौले पाँच हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो । तर उनीहरुले धरौटी नतिर्ने अडान लिएका थिए ।
धरौटी नतिरेपछि उनीहरुलाई थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरन्जनदत्त भट्टले जानकारी दिएका छन् ।

चैत ७ गते नयाँबानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रशासन कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो ।

अनुसन्धान सकेर प्रशासनमा पेस भएपछि उनीहरुलाई जनही ५ हजार धरौटीमा छाड्न आदेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र