नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । चैत ६ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रहरी नायव  महानिरीक्षक(डीआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा पदोन्नति भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नुपर्ने भएकोले चुनौती र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए ।

पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।