स्वास्थ्य बीमा बापतको २२ लाख रकम आफनो खातामा राखेर स्वास्थ्यकर्मी फरार



काठमाडौं । स्वास्थ्य बीमाका लागि सर्वसाधारणले तिरेको झण्डै २२ लाख रुपैयाँ आफ्नो खातामा राखेर एक स्वास्थ्यकर्मी फरार भएका छन् ।

स्वास्थ्य बीमा बोर्डका अनुसार उदयपुरमा दर्ता अधिकारीको रुपमा कार्यरत सिनियर अहेब मोहम्मद फिरोज अली बीमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपैयाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर सम्पर्कविहीन भएका हुन् ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार अली पुस ११ गतेदेखि सम्पर्कविहीन भएका हुन् । उनलाई एक साताभित्र उक्त रकम बोर्डको खातामा जम्मा गरी सम्पर्कमा आउन सार्वजनिक सूचना निकालिएको बसौलाले जानकारी दिए ।

अलीले गत असार मसान्तसम्म स्वास्थ्य बीमाका लागि दर्ता सहयोगीमार्फत उठेको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको पाइएको छ । प्रिमियम रकम जति आफ्नो खातामा राखेर उनले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेस गरेका थिए । तर, त्यसबेला खातामा रकम नभई चेक फिर्ता भएको थियो ।

चेक बाउन्स भएपछि बैंकले गत पुस १३ मा उनको नाममा पत्र काटेको थियो। तर, त्यसको जवाफ अहिलेसम्म नआएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

बोर्डले २९ फागुनमा सार्वजनिक सूचना निकाल्दै तोकिएको समयभित्र रकम दाखिला गरेर स्पष्टीकरण पेस नगरेमा अपचलन गरेको रकम ब्याजसहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री बन्न म बालकोट गएको होइन, बालकोट मलाई खोज्दै आएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका

तनहुँ-१ र बारा-२ मा वैशाख १० मा उपचुनाव गर्ने आयोगको निर्णय

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र–१ र बारा–२ मा पनि १० वैशाखमा उपचुनाव हुने

यो गठबन्धन आगामी पाँच वर्षसम्म टिक्छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म

दुई महिनामा दुई पटक विश्वासको मत लिने हाम्रो प्रधानमन्त्री भाग्यमानीः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई