‘सैन्य शक्तिको महत्व कति छ, रुस–युक्रेन युद्धलाई हेर्दा हुन्छ’



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चात परिवर्तित विश्वव्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्रलाई व्यापक बनाउँदै लगेको बताएका छन् ।

शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड कलेजमा सोमबारदेखि सुरु भएको आठौँ समूहको १५ दिने तालिमको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको बताए ।

नेपालको राष्ट्रिय सुरक्षा नीतिले राष्ट्रिय हितको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुङ्गाको काम गर्ने बताउँदै प्रधानसेनापति शर्माले राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका महत्वपूर्ण विषयमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तक्र्रियाका लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्ररुपमा अघि बढी रहेको उल्लेख गरे ।

तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, सञ्चारमाध्यमलगायत सरकारी र गैरसरकारी निकायका वरिष्ठ अधिकारी ३० जनाको सहभागिता छ । यसअघि उक्त कलेजबाट प्रधानसेनापति शर्मासहित एक सय ६६ जना शिक्षार्थीले अनुशिक्षण पूरा गरेका थिए । प्रधानसेनापति शर्माले पहिलो समूहमा अनुशिक्षण लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने

प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ ।

प्रधानमन्त्री बन्न म बालकोट गएको होइन, बालकोट मलाई खोज्दै आएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका

तनहुँ-१ र बारा-२ मा वैशाख १० मा उपचुनाव गर्ने आयोगको निर्णय

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र–१ र बारा–२ मा पनि १० वैशाखमा उपचुनाव हुने