उच्च अदालतले दियो पल शाहलाई सफाइ
पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । आइतबार कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको हो ।
शाहले सम्पूर्ण अभियोगबाट सफाइ पाएका छन् । अदालतले सफाइ दिएपछि अब उनी छुट्नेछन् । यसअघि शाहलाई बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको थियो ।
त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको थियो । उनीविरुद्ध त्यहाँ पनि बलात्कारकै मुद्दा दर्ता भएको थियो।
तर, बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका थिए। उक्त अदालतको फैसला अनुसार शाह कारागारमा छन् । त्यसैगरी शाहलाई लागेको बलात्कार अभियोगको मुद्दामा तनहुँ जिल्ला अदालतले भने सफाइ दिइसकेको छ।