उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा



काठमाडौं । राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ ।

अहिले काठमाडौँमा कीर्तिपुर, सिनामङ्गल, रत्नपार्क, माइतीघरलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ । भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले उल्लेख गरे ।

काठमाडौँ उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ । सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ ।

सुदूरपश्चिम र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भएको छ । अबको एक/दुई घन्टामा मौसम सुधार आउने र आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने चितवन प्रहरीको हिरासतमा

चितवन । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक

प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन्

सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता

कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार