डीआइजी अशोक सिंहद्वारा राजीनामा



काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआइजी) अशोक सिंहले राजीनामा दिएका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालय पुगेर डीआइजी सिंहले राजीनामा दिएका हुन् । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए ।

प्रहरीमा भावी महानिरीक्षक बन्ने रस्साकस्सी चलिरहेको समयमा डीआइजी सिंहको जन्ममितिको सम्बन्धमा विवाद सार्वजनिक भएको हो । उनको नागरिकतामा र प्रहरी प्रधान कार्यलयको विवरणमा जन्ममिति फरक परेको पाइएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि आन्तरिक छानविन थालेको थियो ।

प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेपछि डीआइजी सिंहले राजीनामा दिएका हुन् । प्रहरी सेवामा प्रवेश गर्दा सिंहले पेस गरेको नागरिकतामा उनको जन्ममिति २०२४ जेठ मात्रै उल्लेख छ । उनको शैक्षिक प्रमाणपत्रमा भने १६ पुस २०२५ जन्ममिति उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बीमा सुधारको कार्ययोजना प्रस्तुत गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य बीमा  सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र

सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

बुटवल । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको

सहज बन्दै मनाङको यात्रा

मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार

काठमाडौंमा चिनियाँ नयाँवर्ष परेड

काठमाडौं । काठमाडौंमा पनि चिनियाँ नयाँवर्ष मनाइएको छ । आइतबार काठमाडौंको ठमेलमा चिनियाँ