गोंगबुमा प्रहरीको गाडीमा आगजनी र लुटपाटमा संलग्न ९ जना पक्राउ



काठमाडौं । प्रहरीले गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गर्ने नौजनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मोबाइल पसल लुटपाट र आगजनीमा संलग्नमध्ये नौजनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

प्रहरीकाअनुसार ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने चार जना मोबाइल पसल लुटमा संलग्न रहेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको बलम्ता गाउँपालिका २ घर भई तार्केश्वर नगरपालिका १०, मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घर भई टोखा नगरपालिका ३ बानियाटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङको बेँसीसहर नगरपालिका ५ घर भई तार्केश्वर नगरपालिका १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन् ।

त्यस्तै, त्यसैगरी प्रहरीले काभ्रेको मानेडाँडा घर भई हाल ठमेल बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठानको कडी गाउँपालिका १ घर भई गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १६ गंगाहल बस्ने २० वर्षीय आशीष खड्कालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालका फुटेजहरुका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फागुन १ गते काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकस्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायहरूले ट्राफिक कारवाही लगायत विषयमा विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा गाडी जलाउने पनि समातिएका छन् ।

त्यसक्रममा प्रहरी वृत्त बालाजुबाट सुरक्षामा खटिएका प्रहरी बोकेका बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी जलाइएको थियो । उक्त घटनाका क्रममा गाडीभित्रको मोटोरेला बेस सेट एक थान, फायर स्ट्रिङ्गुइजर एक थान, मेगा फोन एक थानसहित अरु सामन पूरै जलेका थिए ।

त्यस्तै बा १ झ ७२२४ नम्बरको माज्दा गाडीभित्रको हाइटेरा बेस सेट १ थान, फायर स्ट्रिङ्गुइजर एक थान र मेगाफोन थानसहित जलेर नष्ट भएका छन् । प्रदर्शनकारीले माछापोखरी प्रहरी बिटमा समेत ढुङ्गामुढा र आगजनी गरेका थिए।

त्यसक्रममा बिटभित्रको हाइटेरा ह्याण्ड सेट चार्जर २ थान र त्यसको दुई थान ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थपिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले

डोल्पाको चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौंमा शनिबार बिहान भएको जिप दुर्घटना गम्भीर घाइते