माग सम्बोधनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन कुर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माग सम्बोधन गर्न दुई दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए ।

रास्वपाले गृहमन्त्री माग गरेको थियो । मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघले आक्रमण गरेर दुई जनाको ज्यान लिएको छ । मधुवन

रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने

प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ ।

प्रधानमन्त्री बन्न म बालकोट गएको होइन, बालकोट मलाई खोज्दै आएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका