राहदानीका लागि अब प्रि–इनरोलमेन्टको व्यवस्था



काठमाडौं । राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ ।

विभागले सूचना प्रकाशित गरी सोमबारदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ ।

हाल दुईदेखि तीन दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकामा अब एक महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए ।

उनका अनुसार दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ । आज प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ सम्ममा समय पाइनेछ ।

विभागसहित विदेशमा रहेका कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि–इनरोलमेन्ट गराउने छन् ।

काठमाडौं नजिकका जिल्लामा १० देखि १२ दिनभित्र, तराईका जिल्लामा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लामा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गरिने विभागले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेचबिखनमा परेका ९ युवतीको दिल्लीबाट उद्धार, बन्धक बनाई यौनधन्दामा लगाउने ३ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको

न्यायालयको मर्यादाक्रमसम्बन्धी ल्याइएको विधेयकप्रति बारको विरोध

काठमाडौं । नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा

अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु

काठमाडौं । नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित

मिटरब्याजीपीडित खुलामञ्च प्रवेश गर्न खोजेपछि प्रहरीसँग घम्साघम्सी

काठमाडौं। महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । चैत दुई