काभ्रेको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति



काभ्रे । काभ्रेको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङका लागि अनुमति दिएको हो ।

प्राधिकरणले उक्त स्थानमा यही माघ महिनादेखि प्याराग्लाइडिङ सञ्चालन गर्न पाउने गरी अनुमति दिएकाले व्यावसायिक उडान गर्ने तयारी भइरहेको प्रालिका अध्यक्ष छविलाल हुमागाईंले जानकारी दिए ।

“मन्त्रालयबाट गत पुस २८ गते व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्रमाणपत्र पाएका छौँ अब व्यावसायिक उडानका लागि तयारी गर्दैछौँ”, उनले भने, ‘अहिले उडानका लागि तयारी भइरहेको छ ।

“यसैसाता पोखराबाट पाइलट ल्याएर ‘डेमोष्ट्रेशन’ उडान गर्नेछौँ, त्यसपछि व्यावसायिक उडान थाल्नेछौँ”, अध्यक्ष हुमागाईंले भने । सुरुमा तीन र क्रमशः दश वटा प्याराग्लाइडिङबाट उडान गरिने भएको छ । सम्पूर्ण तयारीपछि यही माघ महिनादेखि नै व्यावयसायिकरूपमा उडान थालिने छ । ‘डेमोष्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्याण्डिङ’का स्थान एकीन गरी दुवै क्षेत्रमा दीगोरुपमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।

यहाँ तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दूम डाँडाबाट प्याराग्लाइडिङका लागि परीक्षण उडान गरिएको थियो । त्यसबेला १५ वटा प्याराग्लाइडिङद्वारा तीन दिनसम्म परीक्षण उडान गरिएकामा पछि दुई पटक पनि परीक्षण उडान भइसकेको थियो । उडान भर्ने स्थान, ल्याण्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाइएको जनाइएको छ । अध्यक्ष हुमागाईंका अनुसार दैनिक १० प्याराग्लाइडिङलाई बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उडान भर्न अनुमति दिइएको छ ।

तोकिएको समयमा छ हजार ५०० फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ उडान गुर्दूम डाँडाबाट सुरुगरी कुशादेवीको बञ्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दूम डाँडाबाट बन्चरेटार सडक दूरीको हिसाबले चार किलोमिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।

प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवालाई सोही विषयमा अध्ययन गराइएको उनले जनकारी दिए । “प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नाका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेछ”, पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने, “ प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी बिहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्नेसमेत अपेक्षा गरिएको छ । नगरपालिकाले पनि चालू आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको र यसैवर्ष हाईकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्ने नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको छ ।’’

यसैगरी साहसिक खेल गतिविधि प्रवद्र्धनका लागि प्याराग्लाईडिङ, रक क्लाइम्बिङ, साइक्लिङजस्ता प्रतियोगिता सञ्चालन गरिने योजना रहेको उल्लेख गरिएको छ । नगरपालिकाले गतवर्ष चैतमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइकिलिङ सुरुवात गरेको थियो ।

उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइकिलिङ टे«ल रुट तय गरिएको थियो । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानाडा र भारतका करिब दुई सय जनाले साइकिलिङ गरेका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाईक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाईक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चरा अवलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रामार्ग, जात्रा–मेला अवलोकन गर्न सकिने छ ।

गतवर्ष असोजमा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको र यसका लागि पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको थियो । ती र अन्य साहसिक खेलका लागि पनौती उपयुक्त स्थान रहेकाले उक्त नगरमा प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले