रवि लामिछानेद्वारा नागरिकता लिने प्रक्रिया सुरु



काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिने प्रक्रिया थालेका हुन् ।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो । फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।

सर्वोच्चको फैसलापछि लामिछानेले आइतबारै नागरिकता पुनःप्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुनः पाउनेछन्।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार लामिछानेले आइतबारै नागरिकता पाउनेछन् । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए ।

नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।