यसकारण म प्रेमप्रसादलाई आइसियूमा भेट्न गएँ



काठमाडौं । संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको उपचार चलिरहँदा क्यामेराम्यानसमेत लिएर आईसीयूमा छिरेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन् ।

सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै कार्कीले आचार्यलाई भेट्न जाँदाको अवस्था, उपचारका क्रममा उनको परिस्थिति तथा त्यहाँ भएको कुराकानीबारे समेत उल्लेख गरेकी छन्।

स्वास्थ्य राज्ममन्त्री कार्कीले लेखेकी छन्, ‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै, उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोली सधैँको लागि रोकिनु अगावै… म उहाँलाई भेट्न पुगेको थिँए। भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ। धन्न मैले ढिला गरिनछु… ।’

आफूपनि अनुमतिप्राप्त सर्जन तथा बर्न (जलन)का बिरामी समेत हेर्ने गरेको अनुभवका आधारमा पनि ८० प्रतिशत बढी जलन भइसकेका प्रेमप्रसादलाई बचाउन ‘चमत्कार’ भए मात्रै सम्भव रहेको अवस्था बुझेर आफू अस्पताल गएको कार्कीले उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘म आफैँ लाइसेन्स्ड जनरल सर्जन, बर्नका बिरामीहरु म आफैंले पनि हेर्ने गरेको कारण। मैले बुझेको थिएँ ८० प्रतिशतभन्दा बढी बर्न भइसकेको अवस्थामा उहाँलाई बचाउन अब कुनै चमत्कार भए मात्र सम्भव थियो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक