कर्णालीका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण



कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्री शर्माले बुधबार थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । उनले पुस २८ गते विना विभागीमन्त्रीका रुपमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)बाट मङ्गलबहादुर शाही र नेकपा (एमाले)बाट विनोदकुमार शाहलाई नियुक्त गरी तीन सदस्य मन्त्रिपरिषद् गठन गरेका थिए ।

सोही गठित मन्त्रिपरिषद्लाई नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा ९ बमोजिम हेरफेर गरी आज सत्ता साझेदार दल माओवादीबाट भीमप्रकाश शर्मा, कृष्णबहादुर जिसी र एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ललाई उनले मन्त्रीमा नियुक्ति गर्नुका साथै कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हुन प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरे ।

उक्त सिफारिसपश्चात् नवनियुक्त मन्त्रीहरूलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज साँझ ६ः३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उहाँले नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराएका हुन् । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेलगत्तै उनीहरूले आजै पदभार ग्रहण गरेका हुन् ।

बिनाविभागीय तथा नियुक्त भएका मन्त्रीहरूमा विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना, मङ्गलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, भीमप्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानुन, टेकराज पछाईले सामाजिक विकास र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना