वाग्मती प्रदेश सरकारले पायो पूर्णता



हेटौंडा । वाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री नियुक्त गरी ११ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

उनले पहिले नै नियुक्त भएका मन्त्रीहरुको कार्यभार पनि तोकेका छन् । वाग्मतीमा नेकपा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तानले सामाजिक विकास मन्त्री, नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइ बन्‍दै धरानको ‘ओशो पार्क’

धरान । धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । आज

सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउनुपर्छः ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने बताएको छ ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध यथावत, बैठक आइतबारसम्मका लागि स्थगित

  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित