आत्मदाहका घटना बढेको भन्दै प्रहरीद्वारा खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री नगर्न अनुरोध



काठमाडौँ । प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएकाले त्यसो नगर्न अपील गरेको हो ।

खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा मानवीय र भौतिक क्षतिसमेत हुने भएकाले यसरी बिक्री नगर्न आग्रह गरेको हो । परिसरले खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

मंगलबार दिउँसो संसद भवनअगाडि आफैंलाई आगो लगाएर इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । त्यस्तै केही महिनाअघि बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् । त्यस्तै केही दिनअघि सिभिल मल अगाडि पनि एक युवकले पनि पेट्रोल छर्केर आफैंलाई जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने