पत्रकार सुजीत झाले गरे ५ वटा पुस्तक मैथिलीमा अनुवाद



जनकपुरधाम । पत्रकार सुजीतकुमार झाले ५ वटा पुस्तकको मैथिली भाषामा अनुवाद गरेका छन् । विद्यालय जानवाट बञ्चित तथा बीचैमा विद्यालय छाडेका किशोरीहरुलाई पढाउन स्ट्रिट चाइल्ड अफ नेपालको सहयोगमा जानकी महिला जागरण समाज जनकपुरधामले ‘जीवन उपयोगी शिक्षा सहजीकरण पुस्तिका’ भनेर ५ वटा पुस्तक प्रकाशित गरेको छ ।

नेपाली भाषावाट मैथिलीमा अनुवाद गरिएको यो पुस्तक केहीदिनमै धनुषा र महोत्तरी जिल्लाका किशोरीहरुलाई पढाइनेछ । पत्रकार झाको यो सहित १५ वटा पुस्तक प्रकाशित छन् । अनुवादमा ६ वटाका साथै अन्य ९ वटा साहित्यका पुस्तकहरु रहेका छन् ।

वालकथा संग्रह ‘कोइली घूरि आउ’, ‘तितलीसंग दोस लगाएब’, कथा संग्रह ‘चिड़ै’, ‘जिद्दी’, ‘बुलबुल’, ‘खजुरीबाली’, ‘गन्ध’, रिपोताजहरुको संग्रह ‘रिपोटर डायरी’का साथै अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ रहेको छ ।

नेपालीबाट यसअघि ‘बान्हल हाथसभ’ पनि मैथिलीमा अनुवाद गरेका छन् । मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पत्रकार झा तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास