दसैंमा मासु मात्रै खानु स्वास्थ्यका लागि हानिकारक



चितवन । दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उनीहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन् । रातो मासुको प्रयोग भने सकभर नगर्न उनीहरुले बताएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. गुरुशरण साहले रातो मासु प्रयोग नगर्न आग्रह गरे । पोलेको मासुले आन्द्रा, आमाशय, प्रोष्टेटको क्यान्सरको जोखिम बढी हुने डा साहको भनाइ छ । दसैँमा मासु पोल्ने, बार्बेक्यू गर्ने र खाने प्रचलनले गर्दा क्यान्सरको जोखिम बढी भएको उनी बताउँछन् ।

उनले भने, “मासुलाई उच्च तापक्रममा पोल्दा नराम्रो पदार्थ उत्पन्न हुन्छ, जसले क्यान्सर बनाउन मद्दत गर्छ ।” सबै खालका मासु तीन सय डिग्री फरेनहाइट तापक्रममा पोल्दै गर्दा दुई खालका केमिकल निस्कने उनी बताउँछन् । उनले सेतो मासु, माछा पनि पोलेर नखान सुझाव दिए । भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरिले चाडपर्वमा बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरणशक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताए ।

यससँगै तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उनी बताउँछन् । मासु बोसो नभएको सन्तुलित प्रयोग गर्न सुझाव दिँदै उनले भने, “सागपात, सलाद, बोक्रा भएको फलफूल थोरै खाने तर बारम्बार खाने गर्नुपर्छ ।” डा अग्रहरिले भने, “बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनको गडबड हुन्छ । जसले मुटुको चाल र चाप बढाउँछ ।”

धेरै मासु खाएकै कारण दीर्घकालीन रोग बढाउन सक्नेतर्फ उनले सचेत गराए । मधुमेहका बिरामीलाई कोलस्टोर बढ्न सक्ने भएकाले मासु कम खान सुझाव दिए । मासुले मोटोपन, तौल बढाउने बताउँदै उनले भने, “एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो ।”

उनले भने, “यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनुपर्छ ।” उनले भने, “चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ ।” एकै पटक धेरै मासु तयार गरेर फ्रिजमा राखेर लामो समयसम्म खानु हानिकारक भएको भन्दै उनले त्यस्तो मासु खादै नखान सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन