एकीकृत समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री नन्दसिंह बुढा नेकपा एमालेमा फर्किएका छन् ।

उनीसँगै जिल्ला कमिटीका ४० भन्दा बढी सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा उनीहरूलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गर्नेहरूमा जिल्ला कमिटी सदस्यहरू मायादेवी बुढा, हर्कबहादुर रोकाय, दलबहादुर थापा, देवी रोकाय, जयकृष्ण बुढा, ओमबहादुर विटालु, सुका विक, ओमेन्द्र केसी, कल्पना बुढा, अन्जु महतारा शाही, रूपा गुरूङ, कृष्णदत्त न्यौपाने, धनराम बुढाथोकी, चैता भण्डारी, कमल बहादुर रोकाय, गोविन्द बुढा, शशी बोहोरा बागबहादुर बुढा, केशर रोकाय, दलबहादुर रोकाय, पञ्च रोकाय, भीमबहादुर धरला, आनन्दसिंह रावल, प्रचण्डविक्रम शाही, गोपालबहादुर शाही, तिलकजंग शाही, काले सार्की, हरिशरण खत्री, मनरूपा दर्जी, कैलाशी थापा, रणवीर दमाईं, काले महत, वीरलाल कार्की, कमल बुढा, लक्ष्मी कार्की, बौद्धसिंह कठायत, चन्द्रराम बोहरा, लक्ष्मी गुरूङ, हिराचन्द्र धरला, बालचन्द्र कामी र मानदत्त न्यौपाने छन् । त्यसैगरी, प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, काली बुढा, अमराम बुढा, देवीबहादुर बुढाथोकी, राष्ट्रिय परिषद् सदस्य देवीलाल रोकाय र बलबहादुर रोकाय पनि एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै पालिका कमिटीका सदस्य ज्ञानेन्द्र विक्रम शाही, मेनुका भण्डारी, रामप्रसाद बुढा, युवा संघका जिल्ला अध्यक्ष हिक्मत बुढा, उपाध्यक्ष दिनेश बुढा, नगर कमिटी अध्यक्ष हरिचन्द्र डाँगी, युवा संघका प्रदेश सदस्य नेत्र बुढा, नरेन्द्र भण्डारी, कर्णसिंह बुढा, आनन्दबहादुर रोकाय, कमल बुढा, सिर्जना बुढा र दीपलाल रोकाय पनि एमालेमा प्रवेश गरे । उनीहरू सबैलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले गत स्थानीय निर्वाचनले नेपालको मुख्य पार्टी कुन हो भन्ने कुराको निक्र्यौल गरिदिएकाले कोही पनि अन्य पार्टीमा अल्मलिनु नपर्ने बताए ।

महासचिव पोखरेलले बामपन्थी आन्दोलनको मुख्य शक्ति पनि एमाले नै भएकाले बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि सबै कम्युनिष्ट कार्यकर्ता एमालेमा समाहित हुनुपर्ने बताए ।

नेकपा (एमाले) मुलुकको सबैभन्दा ठूलो पार्टी भएर पनि हाम्रो पार्टीलाई षडयन्त्रपूर्वक सरकारबाट बाहिर राख्ने काम भएको र यो षडयन्त्रलाई आगामी निर्वाचनबाट पराजित गरी एमाले सरकार गठन गर्ने गरी विजय प्राप्त गर्नुपर्ने उनको भनाई थियो ।

उनले भने,‘एमाले विरूद्धको घेराबन्दी देशभक्तिमाथिको घेराबन्दी हो, स्वाधीनता, स्वाभिमान माथिको घेराबन्दी हो ।’ उनले डोल्पामा प्रतिनिधि सभा सदस्य र दुईवटै प्रदेश सदस्य निर्वाचनमा विजय प्राप्त गरी लालकिल्ला बनाउन शुभकामना व्यक्त गरे ।

नेकपा एसबाट पुरानै घर एमालेमा फर्किएका नेता नन्दसिंह बुढाले आफू विगतमा एमालेको संगठन निर्माणमा दिनरात खटेको र षड्यन्त्रपूर्वक गराइएको पार्टी विभाजनका क्रममा भएको कमजोरीलाई स्वीकार गर्दै एमालेमा समाहित भएको बताए । उनले गठबन्धनभित्रको फोहोरी खेल सहन नसकेर पनि पुनः एमालेमै फर्किएको स्पष्ट गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन