राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।

एकता घोषणा क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए । एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा …

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

खाँदबारी (सङ्खुवासभा) । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार

चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ६ वटा बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृतावस्थामा