मनास्लु हिमपहिरामा परेका दुईको अनुहार चिन्न नसक्ने अवस्थामा



गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं  पठाइएको र दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उद्धार गरिएका चारै जनाको पहिचान खुल्न नसकेको उनले बताए । घटनास्थलबाट उद्धार गरिएका दुई घाइतेलाई भने सिम्रिक एयरको हेलिकप्टरमार्र्फत सामागाँउ ल्याएर र लगत्तै कैलाश एयरमार्फत राजधानी लगिएको उनले बताए ।

ढिलो गरी उद्धार गरिएका थप दुईलाई भने मौसम खराबी कारण सामागाउँसम्म पनि ल्याउन नसकिएको उनको भनाइ छ । उनीहरुको अनुहार चिन्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

‘थप दुईको पनि तेस्रो आधार शिविरबाट उद्धार भएको छ, प्रनाउ लामिछानेले भने, “अहिले पहिलो आधार शिविरमा ल्याएको भए पनि मौसम खराब कारण सामागाउँसम्म पनि ल्याउन सक्ने अवस्था छैन, आज अब पहिलो आधार शिविरमै रहन्छ ।” अन्य बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिलो आधार शिविरबाट विभिन्न चार एजेन्सीमार्फत १३ जना तेस्रो आधार शिविरतर्फ गएकाले उनीहरु सबै पहिरोमा परेको हुनसक्ने आङ्शका गरिएको प्रनाउ लामिछानेले जानकारी दिए । मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान हिमपहिरो गएको हो ।

गोरखा प्रहरीका अनुसार शनिबारसम्म मात्रै पनि मनास्लु हिमाल चढ्न गएका तीन सय ३३ विदेशी पर्यटक आधार शिविर पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर