सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि एक जना नर्स उपलब्ध गराउने सरकारको निर्णय



काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता, सवारीको गति लगायतकाविषयमा अनुगमन गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं दुर्घटनालाई न्यूनीकरण गरी नागरिकको आवागमनलाई सुरक्षित बनाउन सवारीसाधनको अवस्थाको अनुगमन, नियमन, सुपरिवेक्षण गर्न गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।

बैठकले विज्ञापन बोर्डका लागि अधिकृतस्तरका कर्मचारीहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने शताव्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सहज जीवन यापनका लािग मासिक २५ हजार भत्ता उपलव्ध गराउदै आएको उक्त रकममा बृद्धि गरि मासिक ५० हजार रुपैया उपलव्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै मन्त्रीपरिषद्ले दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाढ गाँउपालीकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।

बैठकले चूरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तीक स्वीकृत प्रदान गर्ने, बिभिन्न स्थानीय तहहरुलाई बिभिन्न प्रयोजनका लािग जग्गा प्राप्त गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि