भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश



काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा भारतलाई १–० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । योसँगै महिला साफमा पाँचौपटक नेपाल फाइनलमा पुगेको हो । यसअघि चार पटकको फाइनलमा नेपाल पराजित भएको थियो ।

नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् । प्रिति राईले दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन् । नेपालले अब उपाधिका लागि सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८–० गोलको जित निकालेको थियो ।

नेपालसँग पराजित भएसँगै भारत पहिलोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। भारत बाहिरिएसँगै महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने भएको छ। यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विमान दुर्घटनाका साक्षीहरू भन्छन्-उद्दार ढिला भयो

सिबी अधिकारी, काठमाडौँ  । बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

  हेटौँडा । मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा

विमान दुर्घटनामा परी मृत्यु भएकाको त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिँदै

  काठमाडौँ ।  सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले