चार जना पूर्वप्रधानन्यायाधीशको प्रश्नः महाभियोग लागेका व्यक्तिले जे भने पनि हुने, सिद्ध गर्न पर्दैन ?



काठमाडौं । चार जना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले महाभियोग सिफारिस समितिलाई पत्र पठाउँदै समितिमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले समितिसमक्ष बयान दिने क्रममा नाम लिएका र आरोप लगाएकाहरुलाई समितिले बोलाएको थियो । तर, पूर्वप्रधानन्यायाधीशहरुले उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् । महाभियोग लागेका व्यक्तिले जे भने पनि हुने तर त्यसको सिद्ध गर्न भने नपर्ने भन्ने नहुने उनीहरुको ठहर छ।

पत्रमा भनिएको छ,’हामीहरूले संयुक्त वा व्यक्तिगत रुपमा कुनै गैरकानुनी लाभ लिने उद्देश्यले कुनै अमुक विषयमा कहिल्यै, कुनै दिन, कुनै प्रत्यक्ष भेट वा अन्य माध्यमबाटसमेत निजलाई प्रभावित गरेको वा गर्न उद्देश्य राखेको कुनै पनि तथ्य भए प्रमाणित गर्न खुलेआम चुनौती दिन चाहन्छौं’, महाभियोग लागेको व्यक्तिको हामीसँग सम्बन्धित भनाइलाई सम्पूर्ण रुपमा अस्वीकार गर्दछौं। उपरोक्त बमोजिम प्रमाणित गर्न नसकेमा त्यसको परिणाम भोग्न लगाउन समितिले सामर्थ्य देखाओस् भनि अनुरोध गर्न चाहन्छौं।’

उनीहरुले झूट्टा, भ्रामक, कपोलकल्पित, बेप्रमाणित, अप्रासंगिक र अमूर्त ढंगले आरोप लगाउँदैमा नपुग्ने बताएका छन् । पत्रमा भनिएको छ, ‘महाभियुक्तले आफूहरुमध्ये कसले, कहिले, कुन अमुक विषयमा महाभियुक्तलाई प्रभावित गर्न प्रयास गरेको हो, त्यस्तो सम्पर्क व्यक्तिगत वा के तहबाट भएको हो? त्यो कहिले र कसरी भएको हो? त्यसको यथार्थता पुष्टि हुने प्रमाण के हो? त्यस्तो अमुक विषयमा के कस्तो नतिजा निक्लन गएको छ? निजले आरोपित गरेको अमुक कुरा गर्ने व्यक्ति, विषय, समय सन्दर्भ र अभिलेख केही पनि सिफारिस समितिले मागेको र सो बमोजिमको सबुत प्रमाण निजले दिएको भन्ने कतै पनि देखिन नआएको हुँदा कसैउपर पनि झूट्टा, भ्रामक, कपोलकल्पित, गोश्वातरा, बेप्रमाणित, अप्रासंगिक र अमूर्त ढंगले आरोप लगाउँदैमा नपुग्ने ।’

उनीहरुले सिफारिस समितिले पनि आफूलाई सुम्पिएको विषयमा बाहेक अन्य कसैउपर दाबी, छलफल गर्न वा सुम्पिएको विवादभन्दा बढी विस्तार गरी क्षेत्राधिकार विस्तार गर्न नसक्ने उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमलताल दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी

चीन नेपालसँग उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य गर्न इच्छुक

  काठमाडौँ ।  चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा

विपद्जन्य घटनामा परी एक सय २४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको

बाढी पहिरोबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३