न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा बयान दिन नजाने सर्वोच्चको पूर्ण बैठकको निर्णय



काठमाडौं । सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरु संसदीय समितिमा नजाने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम मुछेपछि न्यायाधीशहरुलाई पनि समितिले बोलाएको थियो ।

समितिले बोलाएपछि बुधबार बसेको सर्वोच्चको बैठकले सहभागी नहुने निर्णय गरेको हो । बैठकले संसदीय प्रक्रियामा सामेल हुने कुरा स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने ठहर गरेको छ ।

कामु मुख्य राजिष्ट्रार नारायणप्रसाद पन्थीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,’महाभियोगसम्बन्धी कारबाही पक्रिया सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल-जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगीकार गरेका मान्यताहरु समेतका कुनै पनि दृष्टिले संविधानसम्मत्, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकाले सोही बेहोरा जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमलताल दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी

चीन नेपालसँग उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य गर्न इच्छुक

  काठमाडौँ ।  चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा

विपद्जन्य घटनामा परी एक सय २४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको

बाढी पहिरोबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३